मामाले गरे भाञ्जाको खुर्पाले धाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७९ माघ २ गते १२:४३ मा प्रकाशित

सल्यान,२ माघ– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको खुर्पाले धाँटी रेटेर हत्या गरेका छन् । कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् ।

नातामा उनीहरु मामा भाञ्जा हुन् । हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको हो ।

खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ । छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

आइतबार दिउँसो २ बजे हत्या भएको खबर आएपछि प्रहरी टोली घटस्थलमा पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us