अकस्मात दिल्ली पुगिन् आरजु राणा

काठमाण्डु टुडे २०७९ माघ २ गते ८:५६ मा प्रकाशित

काठमाण्डु, २ माघ– काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा दिल्ली गएकी छन् ।

उनी फलोअप उपचारका लागि आइतबार दिल्ली उडेको देउवाको सचिवालयले जनाएको छ । यसअघि उनको मेरुदण्डको शल्यक्रिया भारतमै गरिएको थियो ।

श्रोतका अनुसार आरजुले भारत बसाइका क्रममा राजनीतिक भेटवार्तासमेत गर्नेछिन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई आरजुको हठका कारण देउवाले प्रधानमन्त्री बनाउन नचाहेका कारण तत्कालीन गठबन्धन भत्किएको भन्दै काँग्रेसभित्र उनको चर्को आलोचना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us