सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनियताको शपथ लिँदै

काठमाण्डु टुडे २०७९ पुष २८ गते १३:१७ मा प्रकाशित

काठमाण्डु,२८ पुस– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । रावलले  ४:० बजे शपथसँगै सानो आकारको मन्त्री मण्डल पनि बनाउने तयारी सुरु गरेका छन् ।

उनले एमालेबाट १ र नेकपा माओवादी केन्द्रबाट १ जना गरी दुई जना मन्त्री आजै नियुक्त गर्ने तयारी गरेका छ ।

प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us