सुरक्षा निकायलाई कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाण्डु टुडे २०७९ पुष २८ गते १२:५४ मा प्रकाशित

काठमाण्डु,२८ पुस– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश नभई कानुनको पालना गर्न निर्देशन दिएका छन् ।

आज (बिहिबार) भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको पनि बताएका छन ।

उनले भने, ‘ सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’

उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्न संयन्त्रलाई निर्देशन दिएको बताएका छन । उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको पनि बताएका छन ।

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनले बताए । उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने बताएका छन ।

उनले देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us