प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

काठमाण्डु टुडे २०७९ पुष २८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु,२८ पुस– प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । आज बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन ।

सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो ।

माओवादीले ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो । नेकपा एमालेका रेवतिरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगर लगायत समर्थक रहेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us