मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष २८ गते ११:०० मा प्रकाशित

काठमाण्डु,२८ पुस– मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएका छन ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल बताइएको छ ।

११ पुसमा पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले सचिव सरुवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना लगायतका निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us