
काठमाण्डु ,२६ पुस- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ ।
नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । मंगलबार सेयर बजारमा गीरावट आयपनी ७ अर्ब भन्दा बढीको कारोबार भयको छ। मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच भयको छ।
आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यस्तै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यता बाराही हाइड्रोपावरको भने १० प्रतिशतले मूल्य वृद्धि भएको छ।
आज बैंकिङ उपसूचक ०.६० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ४.३१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.४१ प्रतिशतले गिरावट भएको छ ।मंगलबार नेप्सेमा कुल २५४ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।
त्यस्तै ५३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।