
काठमाण्डु,२५ पुस– नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताए ।
आज (सोमबार) ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताएका छन । उनले यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएका छन ।
उनले बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने बताएका छन ।