
काठमाण्डु, २३ पुस -चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ८४ करोड भन्दा बढी रकमको डाइपर नेपाल भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ८४ करोड ७२ लाख रुपैयाँको डाइपर भित्रिएको हो । विभागका अनुसार विदेशबाट ५ करोड ११ लाख ३८ हजार पिस डाइपर भित्रिएको छ।
यसबात आयातकर्ताले राज्यलाई २४ करोड ९२ लाख रुपैयाँ राजस्व बुझाएका विभागले जनायको छ। नेपालमा विश्वका ६ वटा देशबाट डाइपर आयात हुँदै आएको छ । जसमध्य भारत र चीनबाट सबैभन्दा धेरै डाइपर आउने गरेको छ ।
भारतबाट ७६ करोड ५ लाखको डाइपर भित्रिँदा चीनबाट ८ करोड ६३ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस्तै, सर्वियाबाट ३ लाख ७४ हजार रुपैयाँको डाइपर भित्रिएको विभागले जनायको छ।