अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २१ गते १८:२७ मा प्रकाशित

काठमाण्डु,२१ पुस– प्रहरीले मकवानपुरबाट अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाहृबिसे–३ का २१ बर्षका सोम बहादुर बम्जन, सोही ठाउँका ३३ बर्षका दिवस बम्जन, बाहृबिसे–४ का २८ बर्षका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षका सुक्र तामाङ रहेका छन ।

उनीहरु लाई बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन । उनीहरुको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको उनले बताएका छन ।

 साथै नेपाली रुपैंया ६,२१०, तीन वटा मोटरसाईकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us