पूर्वराजा ज्ञानेन्द्र शाह र रवीन्द्र मिश्रबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ पुष २१ गते १४:५५ मा प्रकाशित

काठमाण्डु,२१ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको उनले बताएका छन ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् । उनले पूर्वराजासँग आफ्नो डेढ घन्टा लामो कुराकानी भएको बताएका छन ।

उनले पूर्वराजासँग सौहार्द्रपूर्ण कुराकानी र छलफल भएको जनाउँदै बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालिएको पनि बताएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us