ग्लोबल आइएमई बैंकद्धारा १६ औँ वर्षमाप्रवेशको उपलक्ष्यमा ५९ कर्मचारीहरुलाई सम्मान

काठमाण्डु टुडे २०७९ पुष २१ गते १४:४८ मा प्रकाशित

काठमाण्डु ,२१ पुस -ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमाप्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मानगर्नुभएको हो । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि”भन्ने नाराका साथआफ्नो स्थापनाको १६वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बलबनाउन सफल रहेको बताउनुभएको छ ।

ढकालले उत्कृष्ट बैंक बनाउन आफ्नोतर्फबाट गर्नुभएको विशेष योगदानकालागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझउत्कृष्ट र ग्राहकमैत्री सेवाउपलब्ध गराउनआग्रह समेत गर्नुभयो । यसैगरी, बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवादिनेगरी आफ्नो लक्ष्यनिर्धारण गरेर अगाडि बढेको बताय।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामाशाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७१ एटिएम, २८३शाखा रहितबैंकिङ्ग सेवा, ५१ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदानगर्दैआएको छ ।

यस्तै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us