
काठमाण्डु,२१ पुस– राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका पछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।