ट्याक्टरबाट खसेर पाल्पामा सह-चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २१ गते ८:५१ मा प्रकाशित

पाल्पा, २१ पुस– पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बुधबार बेलुकी निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टरको ट्रलीमा सवार सारु सडकमा खस्दा सोही ट्याक्टरको बायाँतर्फको टायरले लाग्दा मृत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us