
काठमाण्डु,२० पुस– कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २५ पुस मा बस्ने प्रतिनिधिसभाको बैठकभन्दा दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
कांग्रेस संसदीय दलको बैठक अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखक जानकारी दिएका छन ।
यस्तै २२ पुस का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भने ६ दिन पर सरेको छ ।