
काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ ।
राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो । भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल सचिवालयले जानकारी दिएको छ ।