
काठमाण्डु ,१९ पुस- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ ।
मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ । आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार भने करेक्सन भएको हो ।
आज होटल तथा पर्यटन व्यापार, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भयतापनी बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि समान्य घटेको हो । नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ ।
मंगलबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै कारोबार रकम भने बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ । मंगलबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने १०७ कम्पनीको सेयरमूल्य बढेको छ ।
श्वेतगंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।यस्तै वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
मंगलबार हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख ६४ हजारको कारोबार भयको छ।