नेप्से दुई हजार ६० बिन्दुमाथि

काठमाण्डु टुडे २०७९ पुष १८ गते २०:३३ मा प्रकाशित

काठमाण्डु, १८ पुस– साताको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा १७.५६ अंकको वृद्धि भएको छ ।

नेप्से ०.८६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक बढे कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ । आइतबार ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको सेयर कारोबार भएकामा सोमबार २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४सय ४० रुपैयाँमा सीमित भएको छ ।

२५३ वटा धितोपत्रको ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता सेयर किनबेच भएको छ । चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । धैलागिरी लघुवित्त, श्रृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको हो । सोमबार सर्वाधिक सेयर खरिद बिक्री नबिल बैंकको भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us