१७ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाण्डु टुडे २०७९ पुष १७ गते १६:३६ मा प्रकाशित

काठमाण्डु ,१७ पुस -साताको पहिलो कारोबार दिन सेयर बचारमा उच्च कारोबार भएको छ ।

आइतबार नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।यस्तै गत हप्ता १६१ अंकमाथिले बढ्दै २०२९ विन्दुमा अडिएको नेप्से सूचक भने २०४६.२६ विन्दुमा उक्लिएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक ०.०६ र ०.१९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बिमा समूहको परिसूचक १।९५ प्रतिशत, अन्य समूहको परिसूचक १.६४ प्रतिशत र लगानी समूहको परिसूचक १ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी  को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहे १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us