
काठमाण्डु ,१७ पुस- कुमारी बैंक र एनसीसी बैंक आइतबारबाट मर्जर भएर एकीकृत कारोबार सुरु भएको छ ।
मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ। एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ ।
गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गिरएको र गत असोज १० गते मर्जरमा जाने सम्झौता पिन गरेका थिए । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ स्वीकृति दिएका थिए भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएको थ्यिो ।