सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७९ पुष १४ गते १५:१७ मा प्रकाशित

काठमाण्डु ,१४ पुस -नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपयाले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय, तेजावी सनुको मूल्य एक लाख ४ सय मा किनबेच भयको छ। यस्तै चाँदी मूल्य पनी २० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ । बुधबार सुनको मूल्य एक लाख एक हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ६ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us