दुई दिनमा ११७ अंकले बढ्यो नेप्से,कारोबार रकम ३ अर्ब ८८ करोड

काठमाण्डु टुडे २०७९ पुष १२ गते १६:२४ मा प्रकाशित

काठमाण्डु ,१२ पुस- नयाँ सरकार गठनपछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ

मंगलबार सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १९८३.९५ बिन्दुमा पुगेर बन्द भएको छ। यस्तै आज कारोबार रकम पनि बढेको छ।अघिल्लो कारोबार दिन सोमबार २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको सेयर कारोबार भएकोमा सो रकम बढेर आज ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ पुगेको हो।

आज २६१ वटा धितोपत्रको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच भएको छ। मंगलबार सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ ४० पैसा, मल्टीपर्पस फाइनान्सको ३१९ रुपैयाँ, अजोड इन्स्योरेन्सको ४०१ रुपैयाँ ५० पैसा र श्रृजनशिल लघुवित्तको सेयर मूल्य एक हजार ४५८ रुपैयाँ ९० पैसा र कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा आँधिखोला लघुवित्त रहेको छ।

उक्त कम्पनीको सेयर मूल्य २।६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५८९ रुपैयाँमा झरेको छ।त्यस्तै, सेयर मूल्य घट्ने दोस्रो कम्पनीमा मिर्मिरे लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य २।२२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३२ रुपैयाँ ८० पैसा कायम भएको छ।मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री लक्ष्मी बैंकको भएको छ। यस दिन उक्त कम्पनीको २०० रुपैयाँमा २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेकोे छ।

उक्त कम्पनीको ९१५ रुपैयाँ ९० पैसामा १४ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, जलविद्युत समूहको परिसूचक ४.६८ प्रतिशत, वित्त समूहको परिसूचक ४.३५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ४।२६ प्रतिशत, जीवन बीमा समूहको परिसूचक ३.९९ र निर्जीवन बीमा समूहको परिसूचक ३.७० प्रतिशतले बढेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us