सुनको मूल्य प्रतितोला २०० रूपैयाँले बढ्यो

काठमाण्डु टुडे २०७९ पुष १२ गते ११:४७ मा प्रकाशित

काठमाण्डु,१२ पुस– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रूपैयाँले बढेको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।

हिजो (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रूपैयाँ थियो ।

प्रतितोला २०० रूपैयाँ बढेसँगै आज प्रतितोला १ लाख ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २०० रूपैयाँमा कारेबार भएको छ ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको प्रतितोला १३ सय ९० रूपैयाँ कारेबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us