
काठमाण्डु,११ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सानोतिनो छलाङ मारेको बताएका छन ।
प्रचण्ड प्रधानमन्त्री भएको विषयलाई सङ्केत गर्दै उनले छलाङ मार्नु रोमाञ्चकारी भए पनि देश कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो पर्ने अवस्था आएको बताएका छन् । देशको आर्थिक पाटो सम्हाल्न नसके भयावह अवस्था आउने उनले बताएका छन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–छलाङ्गबाद आफैमा एउटा दर्शन पनि हो र कार्यनीति पनि हो । अठारौँ शताब्दीको अन्त्यतिर भएको फ्रान्सको क्रान्ति छलाङ्गबादुको उदाहरण हो ।
नेपालमा प्रचण्ड र ओली जी दुवैले सानोतिनो फुच्चे छलाङु लगाए। छलाङ लगाउनु रोमाञ्चकारी अनुभव हो अब देश कहाँ पुग्ने हो रु अनुमान गाह्रो छ । मुलतस् आर्थिक पाटो समाधानको बाटोमा लग्न नसक्ने हो भने हामी सबै खाल्टो मा पर्ने छम ।