नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७९ पुष ११ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, ११ पुस– माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

श्रेष्ठ प्रधानमन्त्रीपछिको दोश्रो वरियतामा सरकारमा सहभागी हुन लागेका हुन् । यसअघि पनि श्रेष्ठ परराष्ट्रमन्त्री रहिसकेका छन् । उनले पहिलोपटक विदेशी कूटनीतिज्ञका लागि कूटनीतिक आचारसंहिता लागू गरेका थिए । उनी हाल राष्ट्रियसभा सदस्य छन् ।

श्रोतका अनुसार श्रेष्ठ उपप्रधानसहित अर्थमन्त्री बन्न चाहन्थे । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीको सपथलगत्तै श्रेष्ठले आजै शीतलनिवासमा सथप लिने कार्यक्रम छ । प्रधानमन्त्रीको सपथ अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us