
काठमाण्डु,१० पुस– एमाले उपाध्यक्ष सुवास नेम्बाङले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै शितल निवास पुगेका नेम्बाङले यस्तो बताएका हुन । उनले गठबन्धनमा केही स्वतन्त्र सांसदलाई पनि तानेको बताएका छन ।
उनले भने ‘अहिले कांग्रेस र एकीकृत समाजवादीबाहेक सबै हाम्रो समर्थनमा छन्’ अनलाइखबरसँग उनले भने, ‘एकीकृत समाजवादी संभवत आउँछ, हाम्रो वार्ता भइरहेको छ ।’
जनताले स्थिरता खोजिरहेको र आफूहरुले जनताको चाहना संवोधन हुने गरी सहमति गरेको दाबी पनि उनले गरे ।