सरकार गठनको पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो: पोखरेल

काठमाण्डु टुडे २०७९ पुष १० गते १८:२२ मा प्रकाशित

काठमाण्डु,१० पुस– एमाले महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि एमालले पहल लिनु परेको बताएका छन ।

उनले एमाले र माओवादीसहितका दलहरुबीच प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको बताएका छन । राष्ट्रपति कार्यालय जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले भने, ‘निर्वाचनले कांग्रेसलाई पहिलो दलका रुपमा निर्वाचित गरे पनि ७६(२) अन्र्तगत सरकार गठनका लागि अग्रसरता, पहलकदमी र निष्कर्षमा पुर्याउने काम गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो ।’

७६(२) अन्तर्गत सरकार गठन नहुँदा उपधारा ९३० अनुसार एउटा दल विशेषको सरकार बन्ने र यो जनादेश विपरीत हुने भएकाले आफूहरुले पहल लिएको उनले बताएका छन ।

उनले भनेका छन्, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा उपधारा ९२० अन्तर्गत सरकार गठनका लागि सम्म्माननीय राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने सहमति भएको छ ।’

उनका अनुसार प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी गरेर कुल १६६ सांसदका समर्थन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us