एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लियो एकीकृत समाजवादी

काठमाण्डु टुडे २०७९ पुष १० गते १८:०८ मा प्रकाशित

काठमाण्डु, ११ पुस– सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा परेको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा परेको हो ।

अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो ।

बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा बेदुराम भुसालले बताएका छन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us