
काठमाण्डु,८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आफ्नो कार्यालयमा जागिरको खुलेको बताएका छन ।
व्यवस्थापन क्षेत्रमा दक्षता भएका नेपालीलाई उनले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का लागि अफर गरेका छन ।
आफूसँग काम गर्न चाहने त्यस्तो दक्षता भएको व्यक्ति नेपाल फर्किन चाहेमा रिसिभ गर्न आफैं एयरपोर्ट आउने पनि रविले बताएका छन । आज बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले विदेशमा रहेका, व्यवस्थापनमा दखल राख्ने र स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको आफूलाई खाँचो रहेको बताएका छन ।
उनले लेखेका छन , यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ।
हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत भएर बिकास, सुसासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।
कति बाकसमा मात्र फर्किनेरु अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन तरु सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयर्पोर्ट आउँछु।’