एमाले र कांग्रेस मिलेर सरकार बनाउन उपयुक्त हुन्छ: सूर्य थापा

काठमाण्डु टुडे २०७९ पुष ७ गते १८:२२ मा प्रकाशित

काठमाण्डु,७ पुस– एमाले सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने उनले बताएका छन ।

आज (बिहीबार) प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले सरकार कसको नेतृत्वमा बन्छ रु भनेर भन्न सकिने अवस्था अझै नरहेको बताएका छन ।

सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा समेत राखेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us