
काठमाण्डु,७ पुस– सिरहामा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा मिर्चैया नगरपालिका–७ का ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् ।
मिर्चैया नगरपालिका–७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले बताएको छ ।