माओवादी केन्द्रको राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन

काठमाण्डु टुडे २०७९ पुष ७ गते १७:०८ मा प्रकाशित

काठमाण्डु,७ पुस– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।

आज (बिहीबार)बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको माओवादी केन्द्रका नेता सुदन किरातीले बताएका छन ।

माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा चयन भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us