
काठमाण्डु,७ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् । आज (बिहिबार) प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन ।
प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’ पहिलो पालोमा को प्रधानमन्त्री भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘सल्लाह हुँदैछ ।’