राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ: थापा

काठमाण्डु टुडे २०७९ पुष ७ गते १४:१४ मा प्रकाशित

काठमाण्डु,७ पुस– कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताएका छन ।

सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने उनले बताएका छन । तर त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us