माधव नेपाल टिचिङ अस्पताल भर्ना

काठमाण्डु टुडे २०७९ पुष ५ गते १५:४३ मा प्रकाशित

काठमाण्डु,५ पुस– नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

नेपालको उपचारमा त्रि. वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि सचिवालयको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us