गगन थापाको प्रस्तावकमा कोइराला, समर्थकमा गुरुङ

काठमाण्डु टुडे २०७९ पुष ५ गते १३:५१ मा प्रकाशित

काठमााण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । संस्थापन इतर पक्षले पार्टी संसदीय दलको नेतामा सिफारिस गरेको गगन थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।

मंगलबार सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकले कोइराला र गुरुङलाई प्रस्तावक र समर्थक बनाउने निर्णय गरेको छ ।

कांग्रेसको ससंदीय दलको निर्वाचनको आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us