माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज मुसलमानले दिए राजीनामा

काठमाण्डु टुडे २०७९ पुष ५ गते १०:४० मा प्रकाशित

काठमााण्डु,५ पुस– नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत एवंम् माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र ४ मंसिरमा भएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही जिल्लाबाट एकजनालाई पनि विजयी गराउन नसकेको साथै समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेको भन्दै राजीनामा दिएका छन ।

निर्वाचनमा भोगेको पराजयबाट आफूलाई पदमा रहिरहन नैतिकताले नदिएको भन्दै खानले दुवै इन्चार्ज पदबाट राजीनामा दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us