मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ४ गते १२:३१ मा प्रकाशित

काठमाण्डु,४ पुस– कैलालीको कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मूत्यु हुनेमा बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँद रहेका छन । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से २ प ८२० नम्ब– ८ मोटरसाईकलका साउँदको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन ।

ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् ।

घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us