
काठमाण्डु, २ पुस– आज देशका विभिन्न भागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
तराईका केही भू–भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ । साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसो बढेको छ ।