
काठमाण्डु,१ पुुस–काठमाण्डुको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका डिलबहादुर घले रहेका छन ।
उनले २८ मंसिरमा घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रूपैयाँ नगद चोरेका थिए ।
उनलाई बिहीबार गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले बताएका छन ।
उनी यसअघि २०७२ जेठमा समेत काठमाण्डु महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाण्डु जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रूपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।