अष्ट्रेलियामा विषालु पालुङ्गो खाँदा धेरै मानिसहरु बिरामी

काठमाण्डु टुडे २०७९ पुष १ गते १३:२४ मा प्रकाशित

एजेन्सी– अष्ट्रेलियामा विषालु पालुङ्गो खाँदा धेरै मानिसहरु बिरामी परेका छन् । यी व्यक्तिहरूले स्वास्थ्य बिग्रनेदेखि लिएर हेलुसिनेशन अर्थात् भ्रमित हुनेजस्ता समस्या भइरहेको बताइरहेका छन् ।

हालसम्म ९ जनालाई स्वास्थ्य सहायता प्रदान गरिएको छ । रिभिएरा फार्म्स ब्रान्डको पालुङ्गो खाएपछि यस्तो भएको बताइएको छ ।

पालुङ्गो खाएपछि मानिसमा अलमल हुनेदेखि मुटुको धड्कन बढ्ने र दृष्टि धमिलो हुने जस्ता लक्षण देखिन थालेको स्वास्थ्य विभागले बताएको छ । यससँगै यो ब्राण्डको पालुङ्गो खाँदा कुनै लक्षण देखिए तुरुन्त अस्पताल जान स्वास्थ्य विभागले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us