
एजेन्सी– रुसले अर्को वर्षको सुरुमा एउटा ठूलो आक्रमणका लागि तयारी गरिरहेको युक्रेनले आरोपले लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलगायत शीर्ष युक्रेनी अधिकारीहरूले यो लापरवाही गर्ने समय नभएको जानकारी दिएका छन ।
शीर्ष सैन्य अधिकारीले यो हमला दक्षिणमा पूर्वी डोनबास क्षेत्र वा किभतर्फ हुनसक्ने बताएका छन । तर, पश्चिमी विश्लेषकहरूले रुसको जमिनमा आक्रमण गर्ने क्षमता द्रुत गतिमा घट्दै गएको बताएका छन ।
बेलायतका शीर्ष सैन्य अधिकारी सर टोनी रुडकिनले यस हप्ता अब यो युद्धमा रूसको लागि स्थिति खराब हुने बताएका छन् ।
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले मिडियासँगको कुराकानीमा रुसले सैन्य अभियानमा लगातार क्षती व्यवहोरेपछि एक नयाँ अभियानको तयारी गरिरहेको बताएका छन् ।
उनले अक्टोबरमा सेनामा फिर्ता बोलाइएका तीन लाखको तालिम फेब्रुअरीमा सम्पन्न हुने बताएका छन । रेज्निकोभले भने, ‘सैन्य परिचालनको दोस्रो चरणमा करिब डेढ लाख मानिसहरूले युद्धका लागि तयार हुन तीन महिनाको तालिम लिनुपर्ने हुन्छ ।