कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १ गते १०:५२ मा प्रकाशित

कञ्चनपुर,१ पुस– कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । मूत्यु हुनेमा बेदकोट नगरपालिका–६ का कविराज बैज रहेका छन ।

आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताएका छन ।

उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us