
दैलेख,२९ मंसिर– दैलेखमा जन्तिघरबाट आफ्नो घर फर्किने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । मूत्यु हुनेमा महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन् ।
बिहीबार बिहान नौ बजेको सयमा ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बुधबार राति महाबु गाउँपालिका–३ बासी गाउँमा भएको विवाहबाट घरतर्फ फर्कने क्रममा सोही पालिका भित्रै पर्ने सडकबाट १५ मिटर तल खसेर मृत फेला परेका छन ।