कास्कीका जनताले दिएको आशीर्वाद लाग्यो भने छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु: प्रचण्ड

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १६:११ मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– नेकपा (माओवादीका केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीका जनताले दिएको आशीर्वाद लागेमा देशको छिट्टै नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन ।

उनले आज (बुधबार) पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । प्रचण्डले अब देशको नेतृत्व गर्ने अवसर पाएमा अविस्मरणीय काम गर्ने बताएका छन।

उनले भने, अब मसँग धेरै समय छैन । तपाईहरुको आर्शीवाद लाग्यो । तपाईहरुको माया र शुभकामनाले काम गर्यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु’ ‘अब देशको नेतृत्व गर्ने अवसर पाएमा अत्यन्तै राम्रो हुने अठोट गरेको छु ।’

पहिलो कार्यकाल सरकारको नेतृत्व गर्दा बुझ्न नपाउँदै सकिएको प्रचण्डले बताएका छन । उनले भने, मेरो पहिलो कार्यकाल विधि प्रक्रिया सबै उतारचढावलाई बुझ्न नपाउँदै बित्यो’ दोस्रो कार्यकालमा देशका लागि महत्वपूर्ण काम गरे भन्ने लाग्छ ।

मैले राष्ट्रलाई सुढृढ गर्न सके । मधेस हिमाल पहाड के होला भन्ने थियो रु सिंगै देशलाई लोकतान्त्रिक प्रक्रियामा लग्ने अवसर पाए । त्यसमा मलाई गर्व छ ।’

मैले यो पटक देशको नेतृत्व गर्ने अवसर पाएमा पछिसम्म स्मरण हुनेगरी काम गर्ने प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us