
कास्की ,२८ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने सक्ने बतछाएका छन ।
बुधबार आफै जन्मेको जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवमा पुगेर प्रचण्डले यस्तो बताएका हुन ।
उनले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् । उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्नसक्ने बताएका छन ।
उनले भने, मैले पहिलोपटक काठमाण्डु र रोल्पाबाट निर्वाचन लडें । दोस्रोपटक मधेशबाट लडें । यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु मलाई लाग्छ समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’
यो निर्वाचनमा आफू देशभरि डुलेर निर्वाचनको माहोल बनाएको प्रचण्डले बताएका छन । उनले भने , ‘म यस्तो नेता बनेको छु जो यो निर्वाचनमा पूर्व पश्चिम डुलेर निर्वाचनको माहोल बनाए । त्यो सफल पनि भयो,’।