
काठमाण्डु,२८ मंसिर– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेसका नेता अर्जुन नरसिंह केसीबीच आज भेटवार्ता भएको छ ।
आज (बुधबार) टोखा स्थित भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंकगणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो ।
बिहान करिब १ घन्टा ३० मिनेट भएको छलफलमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधाधारणा तयार गरी सहकार्यको साथ अगाडि बढ्ने समझदारी भएको बताइएको छ ।