काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा आज शोक बिदा

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते ११:०९ मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले हिजो साँझ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा आज शोक बिदा दिएको छ ।

बनेपा नगरपालिका–११ बाट व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us