
काभ्रे, २७ मंसिर– काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
बा३ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका– ४ चलाल गणेशस्थानमा मंगलबार साँझ दुर्घटना भएको हो ।
काभ्रे प्रमुख एसपी चक्रराज जोशीले ब्रतबन्धमा सहभागी भएर फर्केकाहरु सवार बस दुर्घटनामा परेको बताए । प्रहरीले मृतक संख्या बढ्न सक्ने अनुमान गरेको छ ।
दुर्घटनामा २२ जना घाइते छन् । घाइतेमध्ये १९ जनाको शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई काठमाण्डु पठाइएको छ । घटनास्थलमा स्थानीय, प्रहरी र सेनाले उद्धार गरेका थिए ।