देशको आर्थिक अवस्था अनुसार सेवा सुविधाको चाहना राख्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १८:२४ मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको आर्थिक अवस्था अनुसार सेवा सुविधाको चाहना राख्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

संघीय संसद सेवा दिवसका अवसरमा बुधबार सिंहदरवारमा आयोजित ‘नेपालको संसद सेवाका दुई दशक स् समीक्षा र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तै बताएका हुन ।

उनले भने , अरु जति कुरा गरे पनि गाँठो अर्थमा आएर जोडिएको छ सेवा गरेपछि मेवा चाहिन्छ । तर, त्यो देशको परिस्थित र अवस्था अनुसार हुन्छ ।’ उनले सेवा सुविधा समेतलाई ध्यानमा राखेर संसद र संसद सचिवालयभित्र सुधारको कोशिस गरिरहेको अवस्थामा कोरोना भाइरस कोभिड–१९ को महामारी ब्यहोर्नुपरेको बताएका छन ।

अझै कोरोना भाइरसको महामारीको प्रभाव अर्थतन्त्रमा कायम रहेको बताए । संसदीय समितिको तर्फबाट स्थलगत भ्रमणमा जाँदा दिइने भत्ता व्यवहारिक रुपमा अपुग भएको कर्मचारीहरुको गुनासोको सम्बोधन गर्दै उनले भने, ‘सांसदकै २२–२५ सय छ ।’ उनले देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा सेवासुविधाका आकांक्षा पनि पूरा हुने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us